मुख्य समाचार
तालाबन्दीले खल्लो बन्यो त्रिवि वार्षिकोत्सव
तालाबन्दीले खल्लो बन्यो त्रिवि वार्षिकोत्सव

। एक महिनाभन्दा बढी समयपछि शुक्रबार त्रिभुवन विश्वविद्यालका पदाधिकारी त्रिवि परिसर कीर्तिपुरमा झुल्किए । तर उनीहरू कार्यकक्षमा होइनन्, त्रिभुवन स्मृति भवनमा देखिए । १४ जेठदेखि त्रिवि पदाधिकारीहरू कार्यकक्षमा जान सकेका छैनन् । सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघका विद्यार्थीले तोडफोड र तालाबन्दी गरेपछि उनीहरू कार्यकक्षमा जान नपाएका हुन् । कहिले पुल्चोक त कहिले कहाँ बसेर पदाधिकारीले काम गर्दै आइरहेका छन् ।

शुक्रबार त्रिविको ६६औं वार्षिकोत्सव थियो । जानैपर्ने बाध्यताकाबीच त्रिविका सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्त, उपकुलपति खड्ग केसी, शिक्षाध्यक्ष दुविनन्द ढकाल, रजिस्ट्रार केदारप्रसाद रिजालसहित त्रिविको टिम वार्षिकोत्सव कार्यक्रममा उपस्थित थियो ।




सभा हल नजिकै छ- उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय । वार्षिकोत्सव मनाइरहँदा तीन वटै कार्यालयका ढोकामा ताला झुन्डिएका थिए । स्मृति भवनमा वार्षिकोत्सव कार्यक्रम चलिरहँदा भने एउटा सूचना आयो– ‘आंशिक प्राध्यापकले चाहिँ ताला खोले रे ।’

विद्यार्थीको तालाबन्दीसँगै ३० जेठमा आंशिक प्राध्यापकले ठप्प हुनेगरी उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला ठोकेका थिए । त्यसपछि कर्मचारीसमेत कार्यालयमा जना पाएका थिएनन् । दिनभर बाहिरै चौरमा बसेर कर्मचारी साँझ घर फर्किन बाध्य थिए ।



तर शुक्रबार वार्षिकोत्सवसँगै आंशिक प्राध्यापकले ताला खोलेपछि कर्मचारी भने कार्यकक्षमा जान पाएका छन् । आंशिक प्राध्यापक संघले फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्त गर्न लागेको विरोधमा ताला लगाएको थियो । २२ गते त्रिविको सभा भएकाले सोही दिन कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई आफ्ना कुरा राख्ने भन्दै ताला खोलेको विज्ञप्तिमार्फत जानकारी पनि गरायो ।

त्यसपछि दिउँसो १२ बजेतिर उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा पुग्दा मूल ढोका भने खोलिएको थियो । जहाँ सुरक्षा गार्डहरू ढोका सरसफाइ गरिरहेका थिए । रजिस्ट्रार कार्यालयको ढोकामा २२ दिनदेखि थुप्रिएको पत्रिकाभित्र लैजाने तरखर गर्दै थिए, सुरक्षा गार्ड । ‘बल्ल ढोका खुल्यो । अझैमाथि कोठामा विद्यार्थीले लगाएको तला खुलेको छैन,’ ती सुरक्षा गार्डले भने । आंशिक प्राध्यापकले ताला खोलेसँगै त्रिवि आंशिकरूपमा खुलेको संकेत उनले गरे । त्यसो त सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको थियो । त्यसैको दबाबमा पनि आंशिक प्राध्यापकले ताला खोल्न बाध्य भएका हुन् ।


त्रिविको ६६औं वार्षिकोत्सवमा सहभागी हुन पुगेका सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तलाई स्वागत गरिँदै ।
तर नेविसंघबाट स्ववियुमा निर्वाचित भएका विद्यार्थीले भने ताला खोलेका छैनन् । ‘विद्यार्थीलाई चाहिँ सर्वोच्चको आदेश नलाग्ने रहेछ कि के हो ?,’ एक कर्मचारी उपकुलपति कार्यालयको मूल ढोकामा बसेर प्रश्न गरिरहेका थिए ।

शुक्रबार दिउँसोसम्म विद्यार्थीले लगाएको ताला खुलेको छैन । अदालतको आदेश गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रहरीले ताला खोल्ने तयारी गरेको छ ।

यसरी तालाबन्दीकै बीच त्रिविले आफ्नो ६६औं स्थापना दिवस मनायो । सभामा सहकुलपति एवं शिक्षामन्त्री पन्तले तालाबन्दीको विषय उठाए ।


यो पनि पढ्नुहोस
कीर्तिपुरमा भेटिनुपर्ने त्रिविका पदाधिकारी जब पुल्चोकमा भेटिए
‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतैकतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अफ्ठ्यारो छ,’ सहकुलपति पन्तले भने, ‘जटिलता हटाउनु पर्छ । सबै मिल्यौं भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौं । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।’

विद्यार्थी र प्राध्यापकको पारा देख्दा दिक्क लाग्ने गरेको समेत गुनासो सहकुलपति पन्तले गरे ।

‘विद्यार्थी र शिक्षकले बाटो बिराएको छ । प्राध्यापकले बाटो बिराएपछि विद्यार्थीले सही बाटो लिन सक्दैनन् । तर यसको मूल जड राजनीति हो । राजनीति जस्तो हुन्छ । अरू क्षेत्र पनि त्यस्तै हुने हो ।’

सभामा त्रिविका पदाधिकारीले भने तालबान्दीबारे बोल्न चाहेनन् । अदालतको आदेश कार्यान्यन भएपछि मात्र कार्यकक्षमा फर्किले सोचमा पदाधिकारी छन् ।

८० प्रतिशत विद्यार्थी ओगटेको त्रिवि

सबैभन्दा जेठो विश्वविद्यालय त्रिविले देशको ८० प्रतिशत विद्यार्थीलाई पढाउँदै आएको छ । उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ ।

‘६४ वटा आंगिक क्याम्पस छ ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाइ र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उपकुलपति केसीले भने ।


यो पनि पढ्नुहोस
त्रिविमा तोडफोड गर्नेहरूलाई सरकारकै संरक्षण
समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा आलोचित हुने गरेको त्रिविले गत वर्षदेखि समयमै नतिजा प्रकाशित गर्न लागेको छ ।

‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको संख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठूलो उपलब्धि लिनुपर्ने परिस्थिति छ ।’

समयमै नतिजा निकालेका कारण यो वर्ष ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको उपकुलपति केसीले बताए ।


त्रिविको ६६औं वार्षिकोत्सवमा आयोजित बैठक ।
‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालमा ९० हजार विद्यार्थी हुदैनन् ।’

यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए ।

रजिस्ट्रार केदारप्रसद रिजालले भने त्रिविमा भौतिक संरचनाको सुधार आवश्यक रहेको बताए ।


यो पनि पढ्नुहोस
सर्वोच्चको आदेश : त्रिविमा लगाएको ताला तत्काल खोल्नू
‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकिनसकी सेवा पुर्‍याएको छ । धेरैको रोजाइमा त्रिवि छ । आज पनि ४०० बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति, प्रधानमन्त्री उत्पादन गरेको छ । विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अफ्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने ।

स्थापना कालमा प्राध्यापक र विद्यार्थी बसेर त्रिविलाई अनुसन्धानमुखी बनाउने भनिए पनि त्यसो हुन सकेको छैन ।

‘ज्ञान उत्पादन गर्ने कुरामा फोकस छौं कि ग्राजुएट मात्र उत्थ्पादन गरिरहेका छौं यो गम्भीर प्रश्न छ,’ उपकुलपति केसीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...