मुख्य समाचार
गाजामा युद्धविराम र बन्धकको रिहाइसम्बन्धी अमेरिकी प्रस्तावमा हमासले के भन्यो ?
गाजामा युद्धविराम र बन्धकको रिहाइसम्बन्धी अमेरिकी प्रस्तावमा हमासले के भन्यो ?

: हमासले गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि अमेरिकी नयाँ प्रस्तावलाई आधिकारिक रूपमा प्रतिक्रिया दिनु अघि अन्य प्यालेस्टिनी समूहसँग परामर्श गरिरहेको बताएको छ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान हमासले आफ्नो योजनामा ​​सहमति जनाए–नजनाएको २४ घण्टाभित्र थाहा पाउने भनेका थिए।



यसअघि मंगलबार ट्रम्पले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक पर्ने सर्तमा इजरायल सहमत भएको बताएका थिए।




यसैबीच इजरायली सेनाले गाजा पट्टीका धेरै स्थानमा बमबारी जारी राखेको छ।

उद्धारकर्मीले बिहीबार इजरायली गोलाबारीबाट गाजामा कम्तीमा ६९ जनाको मृत्यु भएको बताएका छन्।

हमासको नागरिक रक्षा एजेन्सीका अनुसार गाजामा विस्थापित परिवारको आश्रयस्थल नजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ। तीमध्ये धेरैजसो महिला र बालबालिका छन्।

इजरायली सेनाले त्यहाँ अवस्थित एक प्रमुख हमास कार्यकर्तालाई लक्षित गरेको बताएको छ।

अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। यसमा करिब १,२०० जना मारिएका थिए। यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...