मुख्य समाचार
बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा थप एक महिनासम्म रातिको समयमा यात्रुबाहक सवारी सञ्चालनमा रोक
बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा थप एक महिनासम्म रातिको समयमा यात्रुबाहक सवारी सञ्चालनमा रोक

: बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा थप एक महिनासम्म रातिको समयमा यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।



यही असार ६ गते शुक्रबारबाट असार २० गते सम्म १५ दिनका लागि बीपी राजमार्गको सिन्धुलीको खुर्कोटबाट काभ्रेको काभ्रे भन्ज्याङ खण्डमा राति साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाइएको थियो।



मनसुनजन्य विपद्का घटनालाई मध्यनजर गर्दै थप एक महिनासम्म उक्त राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविन कटवालले जानकारी दिए।




गत असार ६ गते शुक्रबार सिन्धुली जिल्लाको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा अन्तर जिल्ला सुरक्षा निकायसँगको समन्वयमा थप एक महिना निषेधको अवधि बढाइएको कटवालको भनाइ छ। बीपी राजमार्ग भई सञ्चालन हुने सवारीलाई सिन्धुलीको खुर्कोट र काभ्रेको काभ्रे भञ्ज्याङमा रोकिने गरिएको छ। खुर्कोट–काभ्रेभन्ञ्याङ खण्डमा राति साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालन गर्न पाइने छैन।

सिन्धुलीको खुर्कोट देखि काभ्रेको काभ्रेभञ्ज्याङ खण्डलाई बाढी र पहिरोको दृष्टिकोणले अति जोखिमपूर्ण मानिएको छ। रातिको समयमा सिन्धुलीबाट काभ्रे तर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोट र काठमाडौंबाट काभ्रे हुँदै सिन्धुली तर्फ आउने सवारीलाई काभ्रेको काभ्रेभन्ञ्याङमा प्रहरीले रोक्ने छ।

यस अघि बीपी राजमार्ग अन्तरगत भिमान र काभ्रेको काभ्रे भन्ञ्याङमा रातिको समयमा सार्वजनिक यातायातका साधनलाई रोक लगाउँदै आइएको थियो। रातिको समयमा आपत्कालीन यात्रा गराउनु परे सुरक्षा निकायसँगको समन्वयमा मात्र सवारी साधन सञ्चालन गरिने छ। बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा लगायतका जिल्लासम्म सवारी साधनहरू आवतजावत गर्ने गर्छन्। गत असोज ११ र १२ गते रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेशी खण्ड तहसनहस भएको छ।

उक्त खण्डमा अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालनमा ल्याइएको भएपनि केही दिनदेखि लगातार पर्दै आएको पानीका कारण आउने बाढिपहिरोले अबरुद्ध हुँदै आएको छ। रोशी खोलामा आउने बाढीले काभ्रेको माम्ती, चौकीडाँडा, मंगलटार लगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ। यसैगरी नमोबुद्धिस्थत चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुगेको छ। यस्तै सिन्धुलीको नेपालथोकदेखि आँपघारीसम्मको सडक क्षति भएको छ।

रोशीलाई तर्काएर तिरैतिर अस्थायी रूपमा डाइभर्सन निर्माण गरेर एकतर्फी यातायातका साधनहरू सञ्चालनमा ल्याइएको भएपनि बाढी र पहिरोले जति बेला पनि अवरुद्ध हुन सक्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...