मुख्य समाचार
आगामी आर्थिक वर्ष २०८२/०८३ लाई सडक मर्मत र नगर शिक्षा सुधारको वर्ष घोषणाका रूपमा वार्षिक नीति तथा कार्यक्रम पारित
आगामी आर्थिक वर्ष २०८२/०८३ लाई सडक मर्मत र नगर शिक्षा सुधारको वर्ष घोषणाका रूपमा वार्षिक नीति तथा कार्यक्रम पारित

: तिलोत्तमा नगरपालिका रुपन्देहीले आगामी आर्थिक वर्ष २०८२/०८३ लाई सडक मर्मत र नगर शिक्षा सुधारको वर्ष घोषणाका रूपमा वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रवार सम्पन्न नगरसभा अधिवेशनको चौथो बैठकले बजेट पारित गर्दै आगामी आर्थिक वर्षमा नगर एम्बुलेन्स सञ्चालन गर्दै सडक मर्मतको वर्ष घोषणा गर्ने निर्णय गरेको हो।



आगामी आवका लागि नगरसभाले २ अर्ब ९२ करोडको बजेट ल्याएको छ। सडक निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाले बनेका सडकको संरक्षणका लागि मर्मतलाई प्राथमिकतामा राखेर बजेट पास गरेको छ।



स्थानीय सरकार सञ्चालन भएदेखि सञ्चालन गर्दै आइरहेको र नागरिकले अत्यधिक रुचाएको एक वडा, एक किलोमिटर सडक कालोपत्रे कार्यक्रमलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पारित गरेको छ। प्रत्येक वर्ष १७ वटै वडामा एक/एक किलोमिटर गरी १७ किलोमिटर सडक कालोपत्रे हुँदै आएको छ।




उनले शिक्षा र स्वास्थ्यतर्फ जोड दिँदै नीति, कार्यक्रम र बजेट पास भएको बताए। नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयको भौतिक पूर्वाधार निर्माण र क्षमता विकास कार्यक्रमलाई जोड दिइएको अर्यालले जानकारी गराए। १७ वटै वडामा न्यायोचित तरिकाले बजेट विनियोजन गरिएको समेत अर्यालको भनाई छ।

नगरसभाको बैठकले वन वातावरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीलाई समेत उच्च प्राथमिकतामा राखेको छ। सुशासनको क्षेत्रमा पालिकाले आफूलाई देशभरमै अब्बल बनाएको छ। नगरसभाले पास गरेका वार्षिक कार्यक्रमलाई ऐन, नियमावली र कार्यविधि बनाएर मात्र सञ्चालन गर्दै आएको छ।

संस्थागत सुशासनका लागि कर्मचारी र जनप्रतिनिधिहरूलाई आगामी आर्थिक वर्ष क्षमता विकासका कार्यक्रम गर्ने सभाले निर्णय गरेको छ। चालुतर्फ एक अर्ब २९ करोड ४० लाख ७२ हजार र पुँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैयाँ बजेट नगरसभाको अधिवेशनबाट पास भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...