मुख्य समाचार
गोरखामा असारे झरीमा रेनकोट ओढेर रातको समयमा सडक कालोपत्रे
गोरखामा असारे झरीमा रेनकोट ओढेर रातको समयमा सडक कालोपत्रे

: गोरखामा असारे झरीमा रेनकोट ओढेर रातको समयमा सडक कालोपत्रे गरिएको छ । भीमसेन थापा गाउँपालिका १ घ्याम्पेसालबाट ताकुकोट जोड्ने सडकको लोकिल बजार खण्डको करिब दुई सय मिटर सडक रातारात झरी परिरहेका बेला कालोपत्रे गरिएको स्थानीय रोशन गुरुङले जानकारी दिए ।



‘बिहीबार राति आठ बजेदेखि साढे १० बजेसम्म झमझम पानी परिरहेका बेलामा रोड पिच गरे’, गुरुङले भने, ‘दिनभरि झरी परेको थियो । चार बजेदेखि पानी परिरहेका बेला पिच गर्न थालेका थिए । स्थानीयवासीले विरोध गरेपछि काम रोके । तर, पछि स्थानीयवासी लाखापाखा लागिसकेपछि रातारात पिच गरे ।’



पानी पानीमा पिच गरेको बारे आफूहरूले योजना कार्यान्वयन गर्ने कार्यालय पूर्वाधार विकास कार्यालयमा खबर गरेका थिए । ‘हामीले फोनबाट कार्यालय प्रमुखलाई खबर पनि गरेका थियौं’, गुरुङले भने, ‘काम रोक्छु भन्नुभयो । तर, काम रोकिएन । हेर्न प्राविधिक पठाउँछु भन्नुभएको थियो । शुक्रबार दिनभर पनि कोही कर्मचारी हेर्न आएनन् ।’




घ्याम्पेसालदेखि पाँचखुवा देउराली हुँदै ताकुकोट जोड्ने सडक कालोपत्रे गर्ने काम एमएस, बिरुवा, वाइबा एन्ड लामा जेभी कम्पनीले गरेको हो । २९ करोड ७७ लाख रुपैयाँ लागतमा यसअघि सबै खण्ड कालोपत्रे गरे पनि लोकिल बजार खण्डको काम विवादका कारण लामो समयदेखि रोकिएको थियो । भुक्तानीको अन्तिम समय पारेर निर्माण कम्पनीले रातारात झरीको पर्वाह नगरी कालोपत्रे गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीले सो काम गलत भएको भन्दै त्यहाँ काम गरेबापतको रकम भुक्तानी नदिने बताएका छन् । ‘त्यहाँ गलत काम भएको छ । हामीलाई जानकारी नै नदिई त्यहाँ काम गरेका हुन्’, सुवेदीले भने, ‘हामीले त्यो गलत कामको भुक्तानी दिँदैनौं ।’

रातारात झरीमा गरिएको कालोपत्रे शुक्रबार बिहान हेर्दा पानीले बगाएको, उप्किएको भेटिएको रोशन गुरुङको भनाइ छ । यसबारे बुझ्न निर्माण कम्पनीका प्रतिनिधिलाई पटक–पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...