मुख्य समाचार
माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए
माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए

। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् ।




‘नबिराउनू, नडराउनू । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेस गरोस् । जुनसुकै बलिदान गर्न तयार हुन्छु,’ अध्यक्ष नेपालले भने ।

आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनको दाबी थियो ।



आफूले अघि सारेकै र पद दिएकैहरूबाट नोक्सानी हुने गरेको भनेर आफ्ना नजिककाहरूले भन्ने गरेको पनि उनले सम्बोधनको क्रममा बताए ।

‘कहिले पनि बदलाको भावनाबाट नहिँड्ने । सकेसम्म सबैलाई समेटेर अघि लाने मान्छे हुँ म । मलाई अहिले भन्छन्,’ अध्यक्ष नेपालले भने, ‘तपाईं मान्छे चिन्नुहुन्न । जसलाई उकास्नुहुन्छ, जसलाई पद दिनुहुन्छ, त्यही मान्छेले तपाईंलाई नोक्सानी गर्ने गरेको छ । यो संसार नै यस्तै छ भनेर ।’

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी पनि गरे । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए । सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक ...
। त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने ...
। प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार १५ असारमा विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी पक्राउ ...