मुख्य समाचार
रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए
रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए

। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो ।




‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै लामो फोन संवाद गरेका छौँ, यो साँच्चै नै धेरै लामो कल थियो, फोनवार्तामा हामीले इरानसहित धेरै बिषयमा कुरा गर्‍यौँ र हामीले युक्रेनसँगको युद्धको बारेमा पनि कुरा गर्‍यौँ, म छलफलबाट खुसी छैन,’ राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा उनीहरूलाई बताए ।

युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुगिएको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘अहँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिन ।’



अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँच वटा वार्तापछि उनले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताएका थिए ।

रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उनले युद्ध अन्त्यका लागि रूसी नेताको धारणाप्रति निराशा व्यक्त गरे ।

हालैका हप्ताहरूमा उनले इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गरेका थिए भने पुटिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाब दिएका थिए ।

उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गरेका मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले भने, ‘हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गर्ने बताएका छन्, रुसले यी लक्ष्यहरु त्याग्ने छैन ।’

मस्कोले लामो समयदेखि युक्रेनमा आफ्नो अधिकतमवादी उद्देश्यलाई द्वन्द्वको ‘मूल कारण’ बाट छुटकारा पाउनको लागि भएको बताउँदै आएको छ, तर, किएभले उसको नाटोको सदस्यता प्राप्त गर्ने महत्वाकाङ्क्षाहरू त्याग्न माग गर्दै आएको छ।

डेनमार्कमा जेलेन्स्की

युक्रेनमा मस्कोले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेयता लाखौं मानिसको ज्यान लिइसकेको छ र अहिले रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभागमा नियन्त्रण जमाएको छ ।

पुटिनले ट्रम्पसँग युक्रेनमा शान्ति स्थापनाका लागि युद्धविराम गर्ने बिषयमा मस्कोले वार्तालाई निरन्तरता दिइरहने बताएका छन् ।

उशाकोभले भने, ‘उहाँले वार्ता प्रक्रियालाई निरन्तरता दिन रुसी पक्ष तयार रहेको पनि बताउनुभयो, हामी द्वन्द्वको राजनीतिक संवाद र वार्ताबाट समाधान खोजिरहेका छौँ ।’

मस्कोले महिनौँदेखि युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा सहमत हुन अस्वीकार गर्दै आएको छ ।

किएभ र उसका पश्चिमी सहयोगीहरूले पुटिनले युक्रेनमा रुसको प्रगतिलाई अगाडि बढाउने क्रममा प्रक्रियालाई बाहिर निकालेको आरोप लगाउँदै आएका छन् ।

रुसको सहयोगी इरानमा अमेरिकाले आणविक आक्रमण गरेपछि पुटिनले मध्यपूर्वका सबै द्वन्द्व ’कूटनीतिक तवरले’ समाधान गरिनुपर्नेमा ट्रम्पसँगको वार्तामा ‘जोड’ दिएको क्रेमलिनले जनाएको छ ।

वासिङ्टनले पश्चिमी सैन्य सहयोगमा निर्भर रहेको किएभलाई झट्का दिँदै केही हतियार ढुवानी रोक्ने निर्णय गरेको केही दिनपछि यो कुराकानी भएको हो ।

युक्रेनमा बिहीबार भएको रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको किएभले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयू) का शीर्ष अधिकारीसँग भेटवार्ता गरेका छन् ।

जेलेन्स्कीले डेनमार्कमा युरोपेली सङ्घका सहयोगीहरूलाई अमेरिकी सैन्य सहायताको बारेमा उब्जिएको शङ्काले ब्रसेल्स र नेटोसँग अझ बढी सहयोगको आवश्यकतालाई बलियो बनाएको बताए ।

उनले किएभले ट्रम्पको ‘बिनाशर्त युद्धविराम’लाई सधैँ समर्थन गरेको पनि बताए ।

युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्प र जेलेन्स्कीले शुक्रबार एकअर्कासँग कुरा गर्ने योजना बनाएका थिए ।

बुधबार किएभले ह्वाइट हाउस र पेन्टागनले केही हतियार ढुवानी रोकेपछि त्यसको असरबारे वासिङ्टनसँग स्पष्ट पार्न खोजेका थिए।

जेलेन्स्कीले भनेका थिए, ‘युक्रेन, हाम्रो रक्षा र हाम्रा जनताका लागि अमेरिकाको निरन्तर समर्थन हाम्रो साझा हितमा छ ।’

रूसले पश्चिमा देशहरुलाई किएभमा हतियार नपठाउन निरन्तर आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम