: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकको राजनीति विकृत भइसकेको बताएका हुन्।
भट्टराईले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए।
भट्टराईले शिक्षा क्षेत्रबाट निजी क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजी क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए।