मुख्य समाचार
हर्क साम्पाङको श्रमदानमा सहभागी भएका धरान ४ का वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस
हर्क साम्पाङको श्रमदानमा सहभागी भएका धरान ४ का वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस

: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएका वडा नम्बर- ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ।



वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको भन्दै वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटी समक्ष सिफारिस गरिएको एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईले बताएका छन्।



२०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष धनबहादुर राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशन विपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाही सिफारिस गरिएको उपाध्यक्ष पारसले बताए।




उनका अनुसार पार्टीका नेताहरूले पटक-पटक सम्झाउँदा नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको हो।

धनबहादुरलाई कारबाही सिफारिस गरिएको विषयमा एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालय बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान ...
। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए। ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति ...
। नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ...