मुख्य समाचार
मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताए
मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताए

: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपनि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन्।

अर्थमन्त्री पौडेलले पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने बताए। उनले पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरे। बजेट निर्माण गर्दा पनि लगानी भित्र्याउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रित गरेको उनले बताए।

अर्थमन्त्री पौडेलले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको विकास गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...