मुख्य समाचार
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक, उत्कृष्ट बलर विपिन
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक, उत्कृष्ट बलर विपिन

: एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका छन्। मलेसियाको युकेएम वाइएसटी ओभलमा आज भएको फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि उचालेको हो।


फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन्। खेलको २९ औँ ओभरको अन्तिम बलमा अभयले छक्का प्रहार गर्दै नेपाललाई उपाधि दिलाएका हुन्। यस्तै अभयले नेपालका लागि ३ विकेट लिए।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक श्रीवास्तव घोषित भए। उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका छन्। इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा १६८ रन बनाए। रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले बनाएको उच्च व्यक्तिगत स्कोर हो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका रौनक उत्कृष्ट ब्याटर पनि घोषित भए।

उत्कृष्ट बलर नेपालका कप्तान विपिन प्रसाद शर्मा घोषित भए। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिए। नेपालका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम