मुख्य समाचार
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको

। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् ।

शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।




समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको अर्थमन्त्री पौडेलले बताए ।

‘राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसावले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’



पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको उनले बताए ।

‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरू छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ति सम्भावना छ । हामीले क्रमश: यो क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीसँगको भेटबारे माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने : प्रचण्डले पनि पार्टीमा निर्णय गराएर भेट्दैनन्
: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका- ९ वेलनदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। आइतबार बिहान ४ बजेतिर बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ ...
: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी विकास, ...
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...