मुख्य समाचार
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए

। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।




उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ।

पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरुका लागि पर्यटन क्षेत्रहरु २४ सै घण्टा खुला गर्नुपर्ने बताए ।



‘९ बजे होटल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेसल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने ?’ उनले भने ।

उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गरे ।

‘त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको विक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठूलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए। २८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्। आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर ...
: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छन्। सर्वोच्च अदालतले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने धारणा राखेकी हुन्। ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन ...
: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्। राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको ...
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...