मुख्य समाचार
नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
नेपालले उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

: एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो।



मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो।



मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो।

नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा‌ अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे।

२९ औँ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। उनले जोई थापासँग नवौं विकेटको लागि २५ रनको अविजित साझेदारी गरे।

५८ मा ५ को स्थितिबाट जोई थापाले एक तर्फबाट इनिङ सम्हाल्दै नेपाललाई जिततर्फ लम्काएका थिए। एक तर्फबाट लगातार विकेट गइरहँदा जोईले क्रिज सम्हालेका थिए।

नेपालका लागि ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसीले क्रमश १३ र १७ रन बनाए। श्रीवांश बजगाईले २० रन बनाए। शुभम खनालले १८ रन बनाए।

सिंगापुरका लागि बलिङतर्फ कपिस बेनकात्रामले सर्वाधिक ४ विकेट लिए। युवान पाण्डेले दुई विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १-१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान‌ नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे।

आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

१२ ओभर सकिँदा सिंगापुर ६ विकेटको क्षतिमा ५३ रन बनाएको सिङ्गापुरको अन्तिम विकेटका लागि २५ रनको साझेदारी नै सर्वाधिक साझेदारी रह्यो।

३४.३ ओभरमा ९ विकेटको क्षतिमा सिङ्गापुरले १०० रन पूरा गर्‍यो। त्यसपछि अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले २५ रनको साझेदारी गर्दै सिङ्गापुरलाई १०० रनमाथिको लक्ष्य दिन सहयोग गरे।

नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३-३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए। ‌

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम