मुख्य समाचार
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै

: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ।



समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ।



null




पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराएको थियो। उज्बेकिस्तानले पनि पहिलो खेलमा श्रीलंकालाई १० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो। दुवै टिमले हालसम्म क्लिनसिप राखेका छन्। यी दुवै टिमको गोल अन्तर पनि बराबर रहेको छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८९ र १९९९ मा एसियन कप खेलेको थियो।

उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ। पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ।

हालसम्मको हेड टु हेड नतिजामा महिला एसियन कप १९९९ मा नेपाल र उज्बेकिस्तानले खेलेका थिए, जसमा नेपाल ६-१ ले पराजित भएको थियो।

नादेज्दा कप २०१९ मा नेपाल उज्बेकिस्तानले खेलेका थिए। जसमा लिग चरणमा उज्बेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो। यी दुवै टिम फाइनल प्रवेश गरेका थिए। फाइनलमा पुन: ३-२ ले पराजित गरेको थियो।
यी दुई टिमले एएफसी एसियन कप अन्तर्गत समूह एफको अन्तिम खेलमा चौथोपटक एकअर्काको सामना गर्नेछन्।

नेपालले एसियन कप छनोट भएको अवस्थामा फिफा विश्वकप र २०२८ को ओलम्पिकको छनोटमा समेत अवसर बनाउनेछ। २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि एसियन कप रहेकाले नेपालका लागि विश्वकपको सपना पछ्याउने यो एक सुनौलो माध्यम हुन सक्नेछ।
एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२८ को ओलम्पिकको लागि पनि नेपालले मौका पाउने छ।

दक्षिण एसियाली फुटबल साफको विजेता बङ्गलादेशले भने पहिलो पटक एसियन कपमा छनोट हुँदै इतिहास रचेको छ। साफको उपविजेता रहेको नेपालका लागि पनि यो असम्भव भने छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संकरणको एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको हो। क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै एनपीएलको दोश्रो संस्करणमा सहभागी हुन ईच्छुक नेपाली खेलाडीको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला गरिएको जानकारी गराए। फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी ...
: विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ। आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको हो। एन्फालाई दिँदै आएको आर्थिक सहयोग फिफाले आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गरेको थियो। एन्फा अध्यक्ष पंकज विक्रम ...
: साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। २०२३ मा नेपाल र बंगलादेशले यो फर्म्याटको प्रतियोगितामा खेलेका थिए। जसमा लिग चरणको खेलमा नेपाल ३-१ ले पराजित भएको थियो। ...
। स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन असफल भएको छ। नेदरल्याण्ड्समा जारी युरोपियन छनोट अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्याण्ड जर्सीसँग १ विकेटले पराजित भयो। यो स्कटल्याण्डको लगातार दोस्रो हार हो । यस हारपछि ४ खेलमा ३ अंक मात्र भएको स्कटल्याण्ड विश्वकपमा छनोट हुन सकेन । १३४ रनको लक्ष्य पछ्याएको ...
। नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा हुने आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्। शुक्रबार ‍भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि इटाली छनोट भएको हो । नेदरल्याण्ड्स पनि जितका साथ विश्वकपमा स्थान बनाउन सफल भयो । यस जितसँगै नेदरल्याण्ड्सले ४ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहँदै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम