मुख्य समाचार
ताप्लेजुङका सबै स्थानीय तहमा देखियो लम्पी स्किन संक्रमण
ताप्लेजुङका सबै स्थानीय तहमा देखियो लम्पी स्किन संक्रमण

— मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो ।

प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा संक्रमण पुष्टि भएको छ । फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायामा संक्रमण देखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइसकिएको छ ।

एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइसक्नुपर्ने भएकाले त्यही सङ्ख्यामा पशुचौपाया तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ । खोप पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस् भन्नका लागि धुप बालिदिने गरे संक्रमणवाट पशुचौपाया जोगाउन सकिने सुझाव पशु कार्यालयको छ ।

गत वर्ष यो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा चौंरी र याक ठूलो अवस्थामा मरेका थिए । यसैवर्ष ठूला गोठहरुमा खोप लगाइएकाले बढी क्षति हुने अवस्था नभएको दाहालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुप्त सूचनाबिनाका गुप्तचर संयन्त्र, प्रधानमन्त्री र गृहमन्त्रीले खामसम्म खोल्दैनन्
पीडितका नाममा चन्दा उठाउने अभियानमा पारदर्शिताको चुनौती
सभापति देउवाको निर्देशनमा हस्ताक्षर संकलन गरेको होइन : श्याम घिमिरे
जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त
जेनजी आन्दोलनका घाइतेहरूको सरकारले गर्‍यो वर्गीकरण