मुख्य समाचार
ताप्लेजुङका सबै स्थानीय तहमा देखियो लम्पी स्किन संक्रमण
ताप्लेजुङका सबै स्थानीय तहमा देखियो लम्पी स्किन संक्रमण

— मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो ।

प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा संक्रमण पुष्टि भएको छ । फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायामा संक्रमण देखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइसकिएको छ ।

एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइसक्नुपर्ने भएकाले त्यही सङ्ख्यामा पशुचौपाया तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ । खोप पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस् भन्नका लागि धुप बालिदिने गरे संक्रमणवाट पशुचौपाया जोगाउन सकिने सुझाव पशु कार्यालयको छ ।

गत वर्ष यो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा चौंरी र याक ठूलो अवस्थामा मरेका थिए । यसैवर्ष ठूला गोठहरुमा खोप लगाइएकाले बढी क्षति हुने अवस्था नभएको दाहालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम