मुख्य समाचार
अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा
अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा

— अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता टुटेपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।


‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ,’ मस्कले एक्समा लेखेका छन्, ‘आज, तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ ।’

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी ‘बिग ब्युटिफुल बिल’ मा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेका हुन् । उनले सो विधेयकको कडा आलोचना गर्दै आएका छन् । यसैलाई लिएर ट्रम्पसँग उनको सम्बन्धमा फाटो आएको थियो । उक्त विधेयकले अमेरिकी बजेट घाटा २ ट्रिलियनबाट बढाएर २.५ ट्रिलियन पुर्‍याउने भन्दै मस्कले ‘देशलाई चुर्लुम्मै ऋणमा डुबाउने’ खतरनाक निर्णय भनेका छन् ।

सन् २०२४ को निर्वाचनमा ट्रम्पका लागि अर्बौं डलर खर्च गरेका मस्कले ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’ (डज) को प्रमुख भएर काम गरेका थिए । त्यसको उद्देश्य नै खर्च कटौती थियो । तर, 'बिग ब्युटिफुल बिल' मा खर्च वृद्धिका व्यवस्था भएपछि उनी र ट्रम्पबीच विवाद बढेको बताइन्छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank
मस्कले सामाजिक सञ्जालको मत सर्वेक्षणका आधारमा अमेरिकामा नयाँ राजनीतिक दलको आवश्यकता रहेको जनाउँदै भनेका छन्, ‘२:१ को अनुपातमा तपाईंहरूले नयाँ दल चाहनुभएको छ र तपाईंहरूलाई अब त्यो उपलब्ध हुनेछ ।’ आफ्नो राजनीतिक पार्टीको नीति मुख्यतः खर्च नियन्त्रण र आर्थिक अनुशासनमा केन्द्रित हुने मस्कले जनाएका छन् । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने उनले सार्वजनिक गरिसकेका छैनन् ।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटहरूमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएका छन् । ट्रम्प पक्षबाट भने अहिलेसम्म मस्कको घोषणामा औपचारिक प्रतिक्रिया आएको छैन । तर, केही दिनअघि राष्ट्रपति ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइएको संघीय अनुदान पुनरावलोकन गरिने चेतावनी दिएका थिए ।




कतिपय राजनीतिक विश्लेषकहरूले अमेरिकामा दुई दलीय प्रणाली विरुद्धको संघर्ष कठिन हुने औंल्याएका छन् । विगतमा रस पेरोटजस्ता अर्बपतिहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका भए पनि खासै ठूलो प्रभाव कायम गर्न नसकेको सीएनएनको समाचारमा उल्लेख छ । तथापि, मस्कजस्ता प्रभावशाली व्यक्ति र प्रविधि क्षेत्रमा भएको उनको पकडले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने विश्लेषण पनि भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम