— ढकनी फुटेर सेप्टिक ट्याङ्कीमा खस्दा भरतपुरमा एकजना महिलाकाे मृत्यु भएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-९ शरदपुरकाे शरदकृष्ण टाेलमा शनिबार साँझ उक्त घटना भएकाे हाे ।
प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले मृत्यु हुनेमा ६४ वर्षकी राधिका विक रहेकाे जानकारी दिए । उनी घर आडकाे सिमेन्टकाे रिङले बनाएकाे सेप्टिक ट्याङ्कीकाे ढक्कन फुटेर खसेकी थिइन् । छाेरीले देखेपछि उनकाे उद्धार गरी भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा राति साढे ८ बजे उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।