मुख्य समाचार
‘नेपाल-बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन गरिँदै
‘नेपाल-बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन गरिँदै

— नेपालको प्रविधि क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा सकारात्मक चासो बढिरहँदा विदेशी लगानीकर्ताले मुनाफा फिर्ता लैजाने प्रक्रिया पनि सहज र छरितो हुनुपर्ने सुझाव कूटनीतिक क्षेत्रबाट समेत आउन थालेको छ ।


बेलायतस्थित नेपाली दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनले मुनाफा फिर्ताको प्रक्रिया सहज हुनुपर्ने औंल्याए । यिनै विषयलाई सहजीकरण गर्न ‘नेपाल–बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन हुने भएको छ ।

दूतावासले आयोजना गरेको ‘नेपाल–यूके टेक फोरम’ को पहिलो संस्करणमा बेलायती राजदूत फेनले नेपाललाई विश्व बजारमा प्रविधि क्षेत्रले सबैभन्दा छिटो स्थापित गर्न सक्ने जनाए । नेपालमा विदेशी लगानीकर्तालाई मुनाफा फर्काउन निकै लामो र झन्झटिलो प्रक्रियाबाट गुज्रिनुपर्ने उनको भनाइ छ । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र लगानीका अवसरबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

फोरमले ‘नेपाल–बेलायत डिजिटल वर्किङ ग्रुप’ नामक दुवै देशका दूतावास अधिकारी र अन्य सम्बन्धित सरोकारवाला भएको एक संयन्त्र गठन गर्नेसमेत निर्णय गरेको छ । प्रविधि क्षेत्रमा नेपाल र बेलायतबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउन यस्तो संयन्त्र निर्माण गरिन लागेको हो । यसमा दुवै देशका दूतावास, नीति–निर्माता, उद्योग प्रतिनिधि र प्रविधि क्षेत्रका सरोकारवालाहरूको प्रतिनिधित्व रहनेछ ।

फोरममा नेपाललाई उदाउँदो आईटी गन्तव्यका रूपमा चित्रण गर्दै बेलायती लगानीकर्ताहरूलाई नेपालमा आईटी उद्योग विस्तार गर्न र निर्यात प्रवर्द्धनमा सहकार्य गर्न आह्वान गरियो । पछिल्ला वर्षमा नेपालको सूचना प्रविधि क्षेत्रमा देखिएको उल्लेखनीय प्रगतिको चर्चा गर्दै बेलायती लगानीकर्तालाई नेपालको प्रतिस्पर्धी श्रमशक्ति र अनुकूल नीतिनियमको फाइदा उठाउँदै लगानी गर्न नेपालका लागि बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरे आग्रह गरे ।

‘नेपालमा वैदेशिक रोजगारीका लागि‍ पलायन हुने युवाको संख्या ठूलो भए पनि अहिले दसौं हजार आईटी स्नातक घरबाटै काम गर्दै अन्तर्राष्ट्रिय बजारमा सेवा दिइरहेका छन्,’ घिमिरेले भने, ‘सूचना प्रविधिमा नेपाली युवाहरूले गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । विभिन्न देशमा अध्ययन र अनुभव बटुलेर अहिले आईटीका विज्ञहरू नेपाल फर्किएर यस्तो सेवामा लागेका छन् ।’




कार्यक्रमका लागि बेलायत पुगेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपाललाई एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) को गन्तव्यका रूपमा प्रस्तुत गरे । उनले नीति, कानुनी, संस्थागत तथा प्रक्रियागत सुधारको विवरण प्रस्तुत गरे । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने प्रसंग जोड्दै ज्ञवालीले लगानी आवश्यकताको पक्षमा तथ्यांक प्रस्तुत गरे । बेलायत र नेपालबीच दोहोरो कर मुक्ति सम्झौता (डबल ट्याक्सेसन अभोइडेन्स) मा सहमति जुटाउन पहल गरिरहेको पनि उनले जनाए ।

फोरममा सूचना प्रविधि कम्पनीहरूका अनुभव, नेपाल–बेलाय प्रविधि व्यापारको सम्भावना, आर्टिफिसियल इन्टेलिजेन्सको सम्भाव्यता, डिजिटल कूटनीति, नेपाली प्रवासी समुदायको भूमिकालगायत विषयमा विभिन्न प्रस्तुति र छलफल सत्र सञ्चालन गरिए । कार्यक्रममा बेलायती सांसद् तथा नेपालका लागि सर्वदलीय संसदीय समूहकी अध्यक्षसमेत रहेकी एलेक्स बेकरले नेपाल–बेलायत टेक फोरमको आयोजना भएकोमा खुसी व्यक्त गर्दै आफ्ना धारणा राखिन् ।

बेलायत–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालसँगै २८ जना वक्ताले नेपाल र बेलायतबीच बढ्दो लगानी र व्यापारसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा राजदूतहरू, दुवै देशका सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता, प्रविधि व्यावसायिक, प्राध्यापकलगायत सयभन्दा बढी व्यक्तिहरूले भाग लिएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

बेलायतमा नेपाली सूचना प्रविधि सेवा निर्यात र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन बेलायतले खेल्न सक्ने भूमिकालगायत विषयमा छलफल भएको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम