मुख्य समाचार
‘नेपाल-बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन गरिँदै
‘नेपाल-बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन गरिँदै

— नेपालको प्रविधि क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा सकारात्मक चासो बढिरहँदा विदेशी लगानीकर्ताले मुनाफा फिर्ता लैजाने प्रक्रिया पनि सहज र छरितो हुनुपर्ने सुझाव कूटनीतिक क्षेत्रबाट समेत आउन थालेको छ ।


बेलायतस्थित नेपाली दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनले मुनाफा फिर्ताको प्रक्रिया सहज हुनुपर्ने औंल्याए । यिनै विषयलाई सहजीकरण गर्न ‘नेपाल–बेलायत डिजिटल वर्किङ ग्रुप’ गठन हुने भएको छ ।

दूतावासले आयोजना गरेको ‘नेपाल–यूके टेक फोरम’ को पहिलो संस्करणमा बेलायती राजदूत फेनले नेपाललाई विश्व बजारमा प्रविधि क्षेत्रले सबैभन्दा छिटो स्थापित गर्न सक्ने जनाए । नेपालमा विदेशी लगानीकर्तालाई मुनाफा फर्काउन निकै लामो र झन्झटिलो प्रक्रियाबाट गुज्रिनुपर्ने उनको भनाइ छ । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकास र लगानीका अवसरबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

फोरमले ‘नेपाल–बेलायत डिजिटल वर्किङ ग्रुप’ नामक दुवै देशका दूतावास अधिकारी र अन्य सम्बन्धित सरोकारवाला भएको एक संयन्त्र गठन गर्नेसमेत निर्णय गरेको छ । प्रविधि क्षेत्रमा नेपाल र बेलायतबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउन यस्तो संयन्त्र निर्माण गरिन लागेको हो । यसमा दुवै देशका दूतावास, नीति–निर्माता, उद्योग प्रतिनिधि र प्रविधि क्षेत्रका सरोकारवालाहरूको प्रतिनिधित्व रहनेछ ।

फोरममा नेपाललाई उदाउँदो आईटी गन्तव्यका रूपमा चित्रण गर्दै बेलायती लगानीकर्ताहरूलाई नेपालमा आईटी उद्योग विस्तार गर्न र निर्यात प्रवर्द्धनमा सहकार्य गर्न आह्वान गरियो । पछिल्ला वर्षमा नेपालको सूचना प्रविधि क्षेत्रमा देखिएको उल्लेखनीय प्रगतिको चर्चा गर्दै बेलायती लगानीकर्तालाई नेपालको प्रतिस्पर्धी श्रमशक्ति र अनुकूल नीतिनियमको फाइदा उठाउँदै लगानी गर्न नेपालका लागि बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरे आग्रह गरे ।

‘नेपालमा वैदेशिक रोजगारीका लागि‍ पलायन हुने युवाको संख्या ठूलो भए पनि अहिले दसौं हजार आईटी स्नातक घरबाटै काम गर्दै अन्तर्राष्ट्रिय बजारमा सेवा दिइरहेका छन्,’ घिमिरेले भने, ‘सूचना प्रविधिमा नेपाली युवाहरूले गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । विभिन्न देशमा अध्ययन र अनुभव बटुलेर अहिले आईटीका विज्ञहरू नेपाल फर्किएर यस्तो सेवामा लागेका छन् ।’




कार्यक्रमका लागि बेलायत पुगेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपाललाई एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) को गन्तव्यका रूपमा प्रस्तुत गरे । उनले नीति, कानुनी, संस्थागत तथा प्रक्रियागत सुधारको विवरण प्रस्तुत गरे । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने प्रसंग जोड्दै ज्ञवालीले लगानी आवश्यकताको पक्षमा तथ्यांक प्रस्तुत गरे । बेलायत र नेपालबीच दोहोरो कर मुक्ति सम्झौता (डबल ट्याक्सेसन अभोइडेन्स) मा सहमति जुटाउन पहल गरिरहेको पनि उनले जनाए ।

फोरममा सूचना प्रविधि कम्पनीहरूका अनुभव, नेपाल–बेलाय प्रविधि व्यापारको सम्भावना, आर्टिफिसियल इन्टेलिजेन्सको सम्भाव्यता, डिजिटल कूटनीति, नेपाली प्रवासी समुदायको भूमिकालगायत विषयमा विभिन्न प्रस्तुति र छलफल सत्र सञ्चालन गरिए । कार्यक्रममा बेलायती सांसद् तथा नेपालका लागि सर्वदलीय संसदीय समूहकी अध्यक्षसमेत रहेकी एलेक्स बेकरले नेपाल–बेलायत टेक फोरमको आयोजना भएकोमा खुसी व्यक्त गर्दै आफ्ना धारणा राखिन् ।

बेलायत–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालसँगै २८ जना वक्ताले नेपाल र बेलायतबीच बढ्दो लगानी र व्यापारसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा राजदूतहरू, दुवै देशका सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता, प्रविधि व्यावसायिक, प्राध्यापकलगायत सयभन्दा बढी व्यक्तिहरूले भाग लिएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

बेलायतमा नेपाली सूचना प्रविधि सेवा निर्यात र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन बेलायतले खेल्न सक्ने भूमिकालगायत विषयमा छलफल भएको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...