मुख्य समाचार
घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै
घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै

— प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।


एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीमै प्रश्न उठाएकी हुन् । उनले भनिन्, ‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’ विधेयक निर्माणका क्रममा अभिभावक ...
। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाएका छन् । आइतबार शिक्षा समितिको बैठकमा बोल्‍दै पौडेलले संसदीय समितिमा कुनै पार्टीको ह्विप नलाग्ने भन्‍दै आपत्ति जनाए । उनले प्रश्‍न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो। यहाँ पार्टीको कुनै ह्विप लाग्दैन। तर समितिको माननीयलाई भेडाबाख्रा बनाउन ...
। नेकपा माओवादी केन्द्रकी सांसद्‌ रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलमा कुनै पनि पार्टीका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद्‌ शर्माले दलगत ह्वीप अस्वीकार गर्ने बताएकी हुन् । सांसद् शर्माले ह्वीप नमान्ने बताएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उठेर नियमापत्ति जनाएका थिए । ...
। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधानन्यायाधीश राउतले इजलासमा सँगै बसेका न्यायाधीशको राय स्वीकार गर्नुपर्ने बताए । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको पुस्तक, ‘सुनेको शासन, भोगेको प्रशासन’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा उनले सांकेतिक रुपमा चार दिनअघिको ...
। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् । अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ ...