मुख्य समाचार
वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

: वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ।

त्यस्तै, जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका–३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे।

प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। त्यस्तै, गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवलपरासी पश्चिममा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका-१ को झराही खोला जाने भित्री सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अघिकारी वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा प्रतापपुर गाउँपालिका-४ पाचपेडका भोला राजभर र रामग्राम नगरपालिका-१५ डिगौल निवासी राहुल राजभरको ...
— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे। त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा ...
— मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन्। महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको ...
— संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गरिएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले विशेष समिति बनाउने भएको छ । सभामुख देवराज घिमिरेको अग्रसरतमा शनिबार विभिन्न दलका प्रमुख/मुख्य सचेतकहरू सहितको बैठकले संसदीय संसदीय विशेष समिति बनाउने निष्कर्ष निकालेको हो । राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सहमति जुटाएको विषयमा प्रतिवेदन लेखनमा किन गडबडी भयो ? यस विषयमा आवश्यक अध्ययन, ...