मुख्य समाचार
नेपाल एसिया कपमा छनोट हुन असफल
नेपाल एसिया कपमा छनोट हुन असफल

— नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।


निर्धारित समयमा ३–३ गोल भएर अंक बाँडेपछि दुवै टिमको समान ७–७ अंक भएको थियो । नतिजाका लागि सिधै पेनाल्टी सुटआउट गरिएको हो । नेपाल र उज्वेकिस्तान दुवैले समान २ खेल जितेका थिए ।

पेनाल्टीमा नेपाल ४–२ ले पराजित भयो । यो हारले नेपालको अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कप पुग्ने यात्रामा पूर्णविराम लागेको छ ।

पहिलो हाफसम्म नेपाल ३–१ ले पछाडि परेको थियो । तर दोस्रो हाफको २० मिनेट बित्दासम्म नेपालले दुई गोल थप्दै खेल ३–३ को बराबरी गरेको थियो । उज्वेकिस्तान १० खेलाडीमा रहेको थियो ।

नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।

पेनाल्टीमा सावित्राको पहिलो प्रहार पोलमा ठोक्किएको थियो भने गोलकिपर अञ्जना रानामगरको चौथो प्रहार विपक्षी गोलरक्षक माफ्तुनाले बचाएर नेपालको यात्रा टुंग्याइदिएकी थिइन् । त्यसअघि उज्वेकिस्तानका चारै खेलाडीले गोल गर्दा नेपालबाट गीता राना र सविता रानामगरले मात्र पेनाल्टीमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीमै प्रश्न उठाएकी हुन् । उनले भनिन्, ‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’ विधेयक निर्माणका क्रममा अभिभावक ...
। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाएका छन् । आइतबार शिक्षा समितिको बैठकमा बोल्‍दै पौडेलले संसदीय समितिमा कुनै पार्टीको ह्विप नलाग्ने भन्‍दै आपत्ति जनाए । उनले प्रश्‍न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो। यहाँ पार्टीको कुनै ह्विप लाग्दैन। तर समितिको माननीयलाई भेडाबाख्रा बनाउन ...
। नेकपा माओवादी केन्द्रकी सांसद्‌ रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलमा कुनै पनि पार्टीका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद्‌ शर्माले दलगत ह्वीप अस्वीकार गर्ने बताएकी हुन् । सांसद् शर्माले ह्वीप नमान्ने बताएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उठेर नियमापत्ति जनाएका थिए । ...
। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधानन्यायाधीश राउतले इजलासमा सँगै बसेका न्यायाधीशको राय स्वीकार गर्नुपर्ने बताए । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको पुस्तक, ‘सुनेको शासन, भोगेको प्रशासन’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा उनले सांकेतिक रुपमा चार दिनअघिको ...
। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् । अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ ...