मुख्य समाचार
सावित्राको ह्याट्रिक
सावित्राको ह्याट्रिक

— नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेलिरहेको छ । पहिलो हाफसम्म ३–१ ले पछाडि परेको नेपाल थियो ।


तर दोस्रो हाफको ३० मिनेट बित्दासम्म नेपालले २ गोल थप्दै खेल ३–३ को बराबरी गरेको छ । उज्वेकिस्तान १० खेलाडीमा खेलिरहेको छ ।

नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।

यो यस्तो खेल हो, जुन टिमले जित्यो उसले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि टिकट काट्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा पुगेको हो। पीएसजीको जितमा युवा खेलाडी डिजायर डो र ओस्मान डेम्बेलेले गोल गरे। डिजायरले खेलको ७८औं मिनेटमा पहिलो गोल गरेका थिए भने डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा दोस्रो गोल थपे। खेलको अन्त्यतिर पीएसजीका विलियन पाकोले ८२औं ...
। स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए। खेलको १०औं मिनेटमा गोंजालो तथा २०औं मिनेटमा फ्रानले अग्रता दोब्बर ...
: एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित बनेको हो। तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–१ ले अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफमा गोल फर्काउन सकेन। कप्तान सावित्रा भण्डारीले दोस्रो हाफमा २ गोलसहित ह्याट्रिक ...
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
: एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो। मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो। मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको ...