मुख्य समाचार
कोइरालाले पार्टीले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए
कोइरालाले पार्टीले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए

: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन्। जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने बताएका हुन्।

‘प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ’, उनले भने।

नेता कोइरालाले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिए। उनले धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् । अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ ...
। पाँच वामपन्थी दलले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेको छ । मध्यपूर्वका मुलुकमा इजरायलले हस्तक्षेपकारी कदम उठाइरहेको भन्दै नेपालका राजनीतिक दलहरुले एकजुट भएर विरोध जनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंस्थित पेरिसडाँडामा शनिबार माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलका ...
। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताए । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् । फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु ...
। नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छिन् । उनले आइतबारको समिति बैठकमा बोल्‍दै यस्तो गम्भीर आरोप लगाएकी हुन् । उनले भनिन्, ‘समितिको बैठक जति बैठक बसिरहेको छ । कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो ...