मुख्य समाचार
अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते
अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते

— झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उनले बताए ।

प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिए । अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बालकको मृत्यु

भद्रपुर–३ स्थित देउनिया र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । महारानीचोकका अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बू साथीहरूसँग पौडी खेल्ने क्रममा आज दिउँसो खोलामा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किच्चकवधबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासका क्रममा बालकको शव घटनास्थलमा फेला पारेको प्रनाउ खड्काले जानकारी दिए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवलपरासी पश्चिममा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका-१ को झराही खोला जाने भित्री सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अघिकारी वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा प्रतापपुर गाउँपालिका-४ पाचपेडका भोला राजभर र रामग्राम नगरपालिका-१५ डिगौल निवासी राहुल राजभरको ...
— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे। त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा ...
— मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन्। महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको ...
— संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गरिएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले विशेष समिति बनाउने भएको छ । सभामुख देवराज घिमिरेको अग्रसरतमा शनिबार विभिन्न दलका प्रमुख/मुख्य सचेतकहरू सहितको बैठकले संसदीय संसदीय विशेष समिति बनाउने निष्कर्ष निकालेको हो । राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सहमति जुटाएको विषयमा प्रतिवेदन लेखनमा किन गडबडी भयो ? यस विषयमा आवश्यक अध्ययन, ...