: पासाङल्हामु मार्गको विदुर–त्रिशूली सडकखण्डको ढुंगेमा शनिबार दुर्घटनामा परी घाइते भएका एक जना युवकको मृत्यु भएको छ।
उक्त सडकमार्गअन्तर्गत विदुर नगरपालिका-१ ढुंगेमा विद्युतीय माइक्रोबस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठोकिँदा मोटरसाइकल चालक ढुंगेबजारका २० वर्षीय रोनिश श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।
विदुर १ ढुङ्गेस्थित विदुर–त्रिशूली सडक खण्डमा विदुरबाट त्रिशूलीतर्फ जाँदै गरेको बा९३प १८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा त्रिशूलीबाट बट्टारतर्फ जाँदै गरेको बाप्र०६–००१ज०१३८ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रोबस एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।