मुख्य समाचार
थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए
थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए

— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् ।


परिवर्तन अभियान नेपालले आज काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले देशमा केही राम्रो भए पनि सोचे जस्तो काम हुन नसकेको बताउँदै बर्बाद र खतरामा रहेको भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्नुपर्ने बताए ।उनले भने, 'सबै खत्तम भयो, देशमा केही काम भएन । बर्बाद हुँदैछ भन्ने भ्रम छ । कसैले सबै ठीक भइरहेको र सबै बेठिक भइरहेको छ भन्यो भने दुवै गलत हुन्छ । केही राम्रो भएको छ, थप राम्रो गर्न सकिएको छैन । त्यसैले गुनासो गरेर मात्रै हुँदैन, अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्छ । अरुलाई गाली मात्रै होइन, हामी जिम्मा लिन्छौँ भन्न सक्नुपर्छ ।'

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले विद्यार्थी भविष्यको कर्णधार भएकाले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्र अध्ययनरत ७१ विद्यालयबाट एसइईमा सफल भएका विद्यार्थीलाई सम्मान गरिएको थियो । यहाँका विभिन्न विद्यालयबाट १७ जनाले ४ जिपिए ल्याएका छन् । यी १७ जना विद्यार्थीलाई कार्यक्रममा र अन्य विद्यार्थीलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालिका-५ का अध्यक्ष शम्भु फुयाल, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ३ का अध्यक्ष परशुराम अर्याललगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् । उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी ...
। नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी ...
। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए । उनका अनुसार स्थानीय तहका १० वटा ...
। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे । सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो ...
। सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो । सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक ...