मुख्य समाचार
खुल्यो कोदारी राजमार्ग
खुल्यो कोदारी राजमार्ग

— जिल्लाको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको)मा सडक भासिँदा ठप्प कोदारी राजमार्ग शनिबारदेखि सञ्चालनमा आएको छ ।


चीन जोड्ने अन्तर्राष्ट्रिय कोदारी राजमार्ग (२६ किलोमिटर) को कोदारीमा आइतबार सडक भासिएको थियो । राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर छुटेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका थिए । 'शनिबार पाँच नबज्दै सडक सञ्चालनमा आएको छ, नाका नियमित अवस्थामा फर्किएको छ,' चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले भने ।

नाका चलेसँगै उता रोकिएका कन्टेनर लार्चास्थित भन्सारका लागि हिँडेका छन् । आइतबारदेखि पहिरोको अवरोध हटाउँदै मर्मतसम्भार गरेर पूर्ण रुपमा सडक खुला गरिएको उनले जनाए ।

यसअघि यही स्थान, खकुण्डोल र कोप्लाङको अवरुद्ध हटाएर सडक सहज बनाइएको थियो, जसमा दुई एक्स्काभेटर प्रयोग गरिएको थियो । हाल लार्चामा बेलिब्रिज जोडिएको छ । कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भास्सिएपछि नाका बन्द भएको थियो ।

यो वर्षको बर्खायाममा यो तेस्रो पटक नाका पूर्णरूपमा अवरुद्ध भएको हो । तातोपानी नाका विगतदेखि नै प्राकृतिक प्रकोपले बारम्बार प्रभावित हुँदै आएको छ । यद्यपि, हाललाई वैकल्पिक व्यवस्थाको अभावले यात्रु र व्यवसायीलाई असहज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताए । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै ...
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् । फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु ...
। नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छिन् । उनले आइतबारको समिति बैठकमा बोल्‍दै यस्तो गम्भीर आरोप लगाएकी हुन् । उनले भनिन्, ‘समितिको बैठक जति बैठक बसिरहेको छ । कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो ...
। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति माथि धेरै अपेक्षा गरिएको विषयलाई फरक ढङगले प्रतिरक्षा गरेका छन् । मौद्रिक नीति भनेको वित्त नीतिको कदमा दकम मिलाउने मात्रै भएकाले धेरै अपेक्षा राख्न नहुने पौडेलले बताएका हुन । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले अहिलेको सबै समस्याको समाधान मौद्रक नीति गर्छ भनेर ...
। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. नेता गिरिजाबाबु कोइरालासँगको सम्बन्ध स्मरण गरेका छन् । शनिबार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कोइरालाको स्मरण गरे । गिरिजाबाबु र आफूबीच विभिन्न कालखण्डमा झगडा परेको पनि उनले सम्बोधनको क्रममा बताए । ‘स्वर्गिय गिरिजाबाबु र मेरो बीचमा हाम्रो झगडा पनि भएको सबैलाई थाहा छ ...