मुख्य समाचार
अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा बाढीले ठूलो मानवीय क्षति
अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा बाढीले ठूलो मानवीय क्षति

: अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार, सो बाढीमा परी अहिलेसम्म १५ बालबालिकासहित ४३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

केर काउन्टीका अधिकारीहरूले नदीको किनारमा रहेको क्रिश्चियन युवा शिविरबाट २७ बालबालिका हराएको बताएका छन्। अहिलेसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। टेक्सासको हन्ट नजिकै ग्वाडालुप नदीको किनारमा रहेको शिविरका २७ जना अझै बेपत्ता छन्।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ। उद्धारकर्ताहरू बाढीले बगाएको हुन सक्ने मानिसहरूलाई खोज्न ग्वाडालुप नदीको माथि र तल गइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले राष्ट्रपति ज्यान गुमाउनुले स्तब्ध भएको बताउँदै पूर्ण संघीय सहयोगको वाचा गरेकी छन्।
मौसम पूर्वानुमानले यस क्षेत्रमा थप वर्षा र सम्भावित रूपमा थप बाढी आउन सक्ने संकेत गरेको छ।शुक्रबारको बाढीबाट अझै पनि प्रभावित केही क्षेत्रहरूमा १० इन्चसम्म वर्षा हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानी संसदका सभामुखका सल्लाहकारले ट्रम्पको युद्धविरामसम्बन्धी नयाँ घोषणाप्रति शंका व्यक्त गरेका छन् । मोहम्मद बाघेर गालिबाफका सल्लाहकार महदी मोहम्मदीले ट्रम्पले युद्धविराम बढाउनुको ‘कुनै अर्थ’ नभएको बताएका हुन् । महदी मोहम्मदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्त तय गर्न सक्दैन । घेराबन्दी जारी राख्नु बमबारीभन्दा फरक होइन र यसको जवाफ सैनिक कारबाहीबाट ...
: इरानमा इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ। इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायको गुप्तचर एजेन्सी मोसादलाई देशको संवेदनशील विषयका बारेमा जानकारी दिएका थिए। इरानी अदालतका अनुसार मेहदी फरीद देशको एउटा महत्त्वपूर्ण संस्था प्यासिभ डिफेन्स कमिटीको व्यवस्थापन विभागमा काम गर्थे। उनले इन्टरनेटमार्फत् इजरायललाई सम्पर्क गर्थे । मानव अधिकार संगठन र सामाजिक ...
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि ...
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...
: युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ । अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र ...