मुख्य समाचार
ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।


राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए । घटना राति सवा १ बजेतिर भएको थियो ।

उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको छ । हत्यामा संलग्न राईलाई उपचारका लागि भोजपुर अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएको छ ।

छिमेकीका अनुसार मनिषा केही दिनअघि माइती आएकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो ।

‘विवाद के थियो भन्ने खुलिसकेको छैन,’ प्रजिअ पन्थीले भने, ‘घटनास्थलमा चार जनाको शव फेला परेको छ । राजेन्द्र स्वयं पनि गम्भीर घाइते भएकाले धेरै कुरा खुल्न बाँकी छ’, उनले भने । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउने बित्तिकै ईप्रका बोयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । घटना सवा १ बजेतिर भएको भनिए पनि प्रहरी राति अबेर मात्र खबर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवलपरासी पश्चिममा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका-१ को झराही खोला जाने भित्री सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अघिकारी वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा प्रतापपुर गाउँपालिका-४ पाचपेडका भोला राजभर र रामग्राम नगरपालिका-१५ डिगौल निवासी राहुल राजभरको ...
— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे। त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा ...
— मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन्। महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको ...
— संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गरिएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले विशेष समिति बनाउने भएको छ । सभामुख देवराज घिमिरेको अग्रसरतमा शनिबार विभिन्न दलका प्रमुख/मुख्य सचेतकहरू सहितको बैठकले संसदीय संसदीय विशेष समिति बनाउने निष्कर्ष निकालेको हो । राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सहमति जुटाएको विषयमा प्रतिवेदन लेखनमा किन गडबडी भयो ? यस विषयमा आवश्यक अध्ययन, ...