— नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
संसदीय दलका नेता गंगाराम चौधरीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले भने, 'हाम्रो संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भोलि हामी संस्कृति पर्यटन राज्यमन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउने निर्णय गरेका छौं। '
कांग्रेस एमाले गठबन्धन सरकारले सुदूरपश्चिम सरकारका एक मन्त्रीलाई छलफलै नगरी बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले प्रदेश र संघ सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।