मुख्य समाचार
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत-नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रममा उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरे ।


नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । उनले नेपाल र बेलायत बचि २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोर्खा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनु पर्ने बताए ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उनले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत, र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

'नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ । नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो, र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,' उनले भने ।

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने भन्दै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिनसक्ने बताए ।

कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् । उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी ...
। नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी ...
। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए । उनका अनुसार स्थानीय तहका १० वटा ...
। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे । सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो ...
। सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो । सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक ...