मुख्य समाचार
पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ
पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ

— पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।


कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा पाँच तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।

उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।


कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनाको शव निकालेको पुष्टि गरेको एआरवाई न्यूजले जनाएको छ । कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० देखि २५ जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।


नगर प्रमुखले भने, 'उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहने छन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानबाट अन्तर्राष्ट्रिय उडानहरू फेरि सुरु भएका छन् । यस विमानस्थलबाट मध्यपूर्वका धेरै सहरहरूका लागि उडानहरू सुरु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । जसमा साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुल पनि समावेश छन् । २८ फेब्रुअरीमा अमेरिका र इजराइलसँग युद्ध सुरु भएपछि इरानको हवाई क्षेत्र धेरै हदसम्म ...
: इरानी संसदका सभामुखका सल्लाहकारले ट्रम्पको युद्धविरामसम्बन्धी नयाँ घोषणाप्रति शंका व्यक्त गरेका छन् । मोहम्मद बाघेर गालिबाफका सल्लाहकार महदी मोहम्मदीले ट्रम्पले युद्धविराम बढाउनुको ‘कुनै अर्थ’ नभएको बताएका हुन् । महदी मोहम्मदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्त तय गर्न सक्दैन । घेराबन्दी जारी राख्नु बमबारीभन्दा फरक होइन र यसको जवाफ सैनिक कारबाहीबाट ...
: इरानमा इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ। इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायको गुप्तचर एजेन्सी मोसादलाई देशको संवेदनशील विषयका बारेमा जानकारी दिएका थिए। इरानी अदालतका अनुसार मेहदी फरीद देशको एउटा महत्त्वपूर्ण संस्था प्यासिभ डिफेन्स कमिटीको व्यवस्थापन विभागमा काम गर्थे। उनले इन्टरनेटमार्फत् इजरायललाई सम्पर्क गर्थे । मानव अधिकार संगठन र सामाजिक ...
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि ...
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...