मुख्य समाचार
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो

— उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्।


शनिबार काठमाडौँमा आयोजित ‘अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्धिका निम्ति थुप्रै क्षेत्र भए पनि पर्यटन एक महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरेका छन्। नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको र त्यसलाई प्रवर्द्धन गर्न भित्री तथा बाह्य लगानी आवश्यक रहेको उनले बताए।

पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको भन्दै उनले भने, 'समृद्धिका निम्ति हामीसँग अन्य विभिन्न विकल्पहरू छन्। तीमध्ये पर्यटन एक शक्तिशाली विकल्प हो। यसको अनगिन्ती सम्भावना छ। हामीले क्रमशः यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ। देशभित्रको लगानी मात्र होइन, विदेशी लगानी पनि आवश्यक छ। राज्यले पर्यटनलाई आकर्षक गन्तव्यका रूपमा सन्देश दिनुपर्छ, निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नुपर्छ।'

उनका अनुसार बजेट निर्माणका क्रममा पनि यही दृष्टिकोणलाई ध्यानमा राखिएको छ। साथै, उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकास र समृद्धितर्फ अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् । उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी ...
। नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी ...
। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए । उनका अनुसार स्थानीय तहका १० वटा ...
। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे । सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो ...
। सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो । सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक ...