मुख्य समाचार
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताए
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताए

। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए ।




‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको विचार पार्टीले गर्नुपर्छ,’ सिटौलाले भने ।

संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन ? भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ ।



राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’

संविधान निर्माण पछि राज्यका संवैधानिक अंगहरुले गरेका कार्यबाट देशलाई कति लाभ भयो ? त्यसमा समीक्षा आवश्यक रहेको सिटौलाले बताए ।

‘जति लाभ भयो, त्यो जनतालाई हामीले भन्नुपर्छ, यति हामीले काम गरेका छौं, यति गर्न सकिएन, यो कारणले गर्न सकिएन, हामी सुध्रिन्छौं भनेर भन्न सक्नुपर्छ,’ सिटौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...