मुख्य समाचार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो थप ५ दिन समय
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो थप ५ दिन समय

। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए ।

तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए ।

यद्यपि समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।

‘पाँच दिनभित्र सहमति गरेर आउनू । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति थापाले भने ।

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।

फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...