मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन्
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन्

। नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले धार्मिक सहिष्णुता, समानता र बहुमत जनताको भावनालाई सम्बोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेका हुन् । यसअघिको केन्द्रीय कमिटी बैठकमा पनि उनले पार्टीले हिन्दु राष्ट्रको मुद्दा उठाउनुपर्ने बताएका थिए ।




‘नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभूति गरिरहेका छौं। धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको देखिन्छ,’ उनले भने,‘ यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ। धार्मिक सहिष्णुता, समानता, र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी हुन्छ ।’

सरकारबाट पार्टीलाई घाटा भयो



केन्द्रीय समितिको बैठकमा आइतबार बोलेका उनले वर्तमान सरकारबाट कांग्रेसलाई बढी घाटा भएको बताए । ‘बारम्बार सरकार परिवर्तनले निम्ताएको समस्या समाधानमा पछिल्लो समय कांग्रेस एमालेको गठबन्धन भइरहनु देशकै लागि हितकर भएको मेरो ठम्माइ छ, यद्यपी यसका असरहरु पनि छन्,’ उनले भने,‘ ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था छ । संसद र सरकारमा हाम्रो भुमिका पनि कमजोर किन भइरहेको छ ?’

सरकारले ल्याएको बजेटमा व्यक्ती हाबी हुने गरेको उनले बताए । विकास निर्माणका सवालमा सहमतिको सरकारका नाममा नेकपा एमालेका मन्त्रीहरुले आफुखुसी वजेटहरु आफ्नो क्षेत्र लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो,’ उनले भने,‘ यो राम्रो पक्ष होइन । यसले समग्रमा कांग्रेसलाई कमजोर बनाउछ ।’

दुइतिहाइ सरकारका नाममा कांग्रेस निरीह रहेको उनले बताए। ‘ धेरैखाले नियुक्तिहरूमा टुलुटुलु हेर्नु परेको छ, उदाहरणका लागि पूर्वाञ्चल विश्वविद्यालयको नियुक्तिलाई लिन सकिन्छ, अन्य नियुक्तिहरुमा समेत यस्तै अवस्था छ ।’ उनले भने।

उनले प्रदेश र संघीय सरकारमा रहेपनि काम गर्न नसकेको मन्त्रीलाई फिर्ता बोलाउन माग गरे। ‘ सरकारमा नेतृत्व गरेका मन्त्रीहरु जागिर खान मात्र गएका होइनन् । काम गर्न नसक्नेहरुलाई सरकारवाट फिर्ता बोलाउनु पर्छ,’ उनले भने,‘ राम्रा कामगर्नेहरूलाई पार्टीले प्रशंसा पनि गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् । उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी ...
। नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी ...
। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए । उनका अनुसार स्थानीय तहका १० वटा ...
। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको तर्क गरे । सांसद सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने धारणा राखे । ‘मधेस प्रदेशमा त्यत्रो ...
। सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो । सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव उपरीक्षक ...