मुख्य समाचार
बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा
बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा

। फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा पुगेको हो।

पीएसजीको जितमा युवा खेलाडी डिजायर डो र ओस्मान डेम्बेलेले गोल गरे। डिजायरले खेलको ७८औं मिनेटमा पहिलो गोल गरेका थिए भने डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा दोस्रो गोल थपे।




खेलको अन्त्यतिर पीएसजीका विलियन पाकोले ८२औं मिनेटमा रातो कार्ड पाएका थिए भने लुकास हर्नान्डेजले इन्जुरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएका थिए, जसका कारण टोली ९ खेलाडीमा सीमित बनेको थियो। यस अवस्थामा पनि पीएसजीले थप १ गोल गर्दै जित निकाल्न सफल रह्‍यो।

त्यसअघि पहिलो हाफको अन्त्यतिर बायर्नका जर्मन युवा खेलाडी जमाल मुसियाला नराम्रो चोट बोकेर मैदान छाडेका थिए । उनको खुट्टा नै भाँचिएको छ र अब लामो समय मैदान बाहिर नै रहने छन्।



अब सेमिफाइनलमा पीएसजीले स्पेनिस जायन्ट रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...