। फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा पुगेको हो।
पीएसजीको जितमा युवा खेलाडी डिजायर डो र ओस्मान डेम्बेलेले गोल गरे। डिजायरले खेलको ७८औं मिनेटमा पहिलो गोल गरेका थिए भने डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा दोस्रो गोल थपे।
खेलको अन्त्यतिर पीएसजीका विलियन पाकोले ८२औं मिनेटमा रातो कार्ड पाएका थिए भने लुकास हर्नान्डेजले इन्जुरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएका थिए, जसका कारण टोली ९ खेलाडीमा सीमित बनेको थियो। यस अवस्थामा पनि पीएसजीले थप १ गोल गर्दै जित निकाल्न सफल रह्यो।
त्यसअघि पहिलो हाफको अन्त्यतिर बायर्नका जर्मन युवा खेलाडी जमाल मुसियाला नराम्रो चोट बोकेर मैदान छाडेका थिए । उनको खुट्टा नै भाँचिएको छ र अब लामो समय मैदान बाहिर नै रहने छन्।
अब सेमिफाइनलमा पीएसजीले स्पेनिस जायन्ट रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।