मुख्य समाचार
६१ लाख पारिश्रमिक लिएको छैन, प्रमाणित गर्नेलाई ६१ लाख नै दिन्छु
६१ लाख पारिश्रमिक लिएको छैन, प्रमाणित गर्नेलाई ६१ लाख नै दिन्छु

। ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् ।

आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए ।




‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ ।’

उनले अघि भने, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’



असार पहिलो साता फिल्म ‘माग्ने राजा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए । उनले त्यसो बताएपछि केही मिडियाले महंगा कलाकार भन्दै प्रचार गरेका थिए ।

रोचक कुरा के छ भने, महिना दिन नबित्दै उनै निर्माता घिमिरेले आफ्नै कुराको खण्डन गरेका छन् ।



शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ एपिसोडमा निर्माता घिमिरेले यस कुराको खण्डन गरिसकेका छन् । यो शो ३ सातापछि प्रसारण हुने तयारीमा छ ।

‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ मुनालले उक्त शोमा बोलेको कुरा उध्दृत गर्दै केदारले पत्रकार सम्मेलनपछि भने ।

अनलाइनखबरले पनि केदारलाई यसबारे जिज्ञासा राखेको थियो । जवाफमा उनले अहिलेसम्म आफूले कहिँकतै ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर नबोलेको बताए ।

‘६१ लाख लिएको प्रमाणित गर्नेलाई ६१ लाख रुपैयाँ नै दिन्छु’ केदारले भने, ‘निर्माताज्यूले कमेडी नाइट विथ च्याम्पियन्स पारिश्रमिकको कुरा गलत भएको भनेर बोलेपछि मलाई पनि प्रेसमिटमा बोल्न सजिलो भएको हो ।’

केदारको शीर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ तीजमा प्रदर्शन तयारीमा छ । ‘माइतीघर’ दशैंमा, ‘जेरी अनटप’ तिहारमा र ‘जहाजैमा’ फागुनमा प्रदर्शन तयारीमा छन् ।

केदारको तिहार यसपटक अमेरिकामै बित्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ । फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...