मुख्य समाचार
इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा
इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा

: इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार शिया मुस्लिमहरूको लागि सबैभन्दा महत्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा मस्जिलमा उनी देखा परेका हुन्। त्यहाँ उनी पूजा गर्नेहरूलाई अभिवादन गरिरहेका थिए।



खामेनीले इजरायलको अस्तित्व समाप्त पार्नेबारे खुलेआम कुरा गर्दै आएका थिए। उनले लामो समयदेखि इजरायललाई पश्चिम एसियाली क्षेत्रमा ‘क्यान्सरयुक्त ट्युमर’ भन्दै आएका छन्। उनले यसलाई निश्चित रूपमा उखेल्नु आवश्यक रहेको बताउँदै आएका छन्।



इजरायलले जुन १३ मा इरानमाथि आक्रमण गरेको थियो। त्यसपछि इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो। यस द्वन्द्वका क्रममा इजरायली आक्रमणमा परी धेरै शीर्ष इरानी कमाण्डर र आणविक वैज्ञानिकहरू मारिएका छन्।




दुई देशबीचको १२ दिने द्वन्द्वका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमा देखा परेका थिए। त्यो समयमा उनी बंकरमा लुकेको अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्। अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्। यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र ...