मुख्य समाचार
अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’
अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’

। भारतीय गायक अरिजित सिंह विश्वप्रसिद्ध म्युजिक प्लाटफर्म ‘स्पोटीफाइ’मा ‘धेरै पछ्याइने संगीतकर्मी’ बनेका छन्।

उनका १५१ मिलियन भन्दा धेरै फलोअर छन् । उनले यस क्रममा चर्चित गायिका टेलर स्वीफ्टलाई पनि पछि पारेका छन् । टेलरको १३९ मिलियन फलोअर छन् ।




यसअघि गत वर्षको अगस्टमा पनि अरिजितले टेलरलाई उछिनेका थिए । २०२३ को अगस्टमा पनि अरिजित सिंहले स्वीफ्टलाई उछिनेर छोटो समयका लागि जित हासिल गरेपनि स्वीफ्ट पुनः अगाडि आएकी थिइन् ।

‘स्पोटीफाइ’मा १०० मिलियन पार गर्ने अरिजित पहिलो भारतीय कलाकार हुन् । यद्यपी मासिक श्रोताको गणनामा भने अरिजितभन्दा टेलर नै अगाडि छिन् । टेलरको ८२ मिलन मासिक श्रोता छन् भने अरिजितको ४७ मिलियन मासिक श्रोता छन् ।



बेलायती गायक एड सिरन १२१ मिलियन फलोअरसहित तेस्रो स्थानमा छन् । उनको मासिक श्रोता भने ९८ मिलियन छन् ।

मासिक श्रोता भने ब्रूनो मार्सका सबैभन्दा धेरै छन् । उनका ११३ मिलियन मासिक श्रोता छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम