मुख्य समाचार
हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्
हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्

: हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्। उनले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्नु भनेको शत्रुसँग सम्झौता गर्नु र अपमान गर्नु रहेको बताएका हुन्।



कासिमले भने,‘हामी यसको कब्जालाई वैध बनाउने प्रक्रियाको हिस्सा हुने छैनौँ। लेबनानका जनताले कहिल्यै इजरायलको अगाडि आत्मसमर्पण गर्नेछैनन् र यो अपमान सहन पनि सक्दैनन्।’



हिज्बुल्लाहको यो घोषणासँगै इजरायलसँग युद्धविराम गर्ने प्रयासमा ठुलो धक्का लाग्न सक्ने जनाइएको छ।




कासिमले इजरायलसँगको कुनै पनि प्रकारको सम्झौता प्यालेस्टिनी संघर्षका लागि विश्वासघात हुने बताए। उनले आफ्नो संगठनले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताए। उनले यसलाई आत्मसमर्पण पनि भने।

कासिमले इजरायलसँगको कुनै पनि सम्झौता यसको कब्जाको वैधता स्वीकार गर्नु जस्तै हुने बताए। उनले हिज्बुल्लाहले कुनै पनि रूपमा मान्यता नदिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्। अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्। यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र ...