मुख्य समाचार
वेस्ट इन्डिजसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित
वेस्ट इन्डिजसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित

। अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ ।

यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ।




वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्रेलियाले चौथो दिनको दोस्रो सेसनमै घरेलु टोलीलाई १४३ रनमा समेट्यो। मिचेल स्टार्कले २४ रन मात्र दिएर ३ विकेट लिए भने नाथन लायनले पनि ३ विकेट लिए।

स्टार्क आफ्नो १००औं टेस्ट खेलअघि ३९५ विकेटमा पुगेका छन् भने लायन अब ग्लेन म्याक्ग्राथको ५६३ विकेट नजिक छन्।



त्यसअघि चौथो दिनमा २२१-७ को अवस्थाबाट सुरु गरेको अस्ट्रेलियाले अन्तिम तीन विकेटबाट जम्मा २२ रन मात्र थप्न सकेको थियो । दोस्रो इनिङमा स्टिभ स्मिथले ७१ र क्यामरुन ग्रिनले ५२ रन बनाउँदै टोलीलाई सशक्त स्थितिमा पुर्‍याएका थिए। वेस्ट इन्डिजका शमार जोसेफले ४ तथा अल्जारी जोसेफ, जेडन सिल्स र जस्टिन ग्रिभ्सले २-२ विकेट लिए ।

जवाफमा वेस्ट इन्डिजको पारी भने सुरुवातमै धराशायी भयो। जोश हेजलवुडले आफ्नो दोस्रो बलमै जोन क्याम्पबेललाई एलबीडब्लु आउट गर्दै सुरुवातमा दबाब बनाए। कप्तान प्याट कमिन्सले ब्रान्डन किङको अफ स्टम्प उडाउँदै शानदार बलिङ प्रदर्शन गरे।

शाई होप र रोस्टन चेसले केही समय टिकेर आक्रामक खेल्ने प्रयास गरे पनि टिक्न सकेनन्। होप हेजलवुडको बलमा पुल गर्ने क्रममा क्याच भए भने चेस स्टार्कको बलमा एलबिडब्लु भए। चेजले सर्वाधिक ३४ रन बनाए भने शमारले २४ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा एलेक्स क्यारी र बियू वेबस्टरको अर्धशतक मद्दतमा २८६ रन बनाएको अस्ट्रेलियाले जवाफमा वेस्ट इन्डिजलाई २५३ रनमा अलआउट गर्दै ३३ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको थियो ।

अब दुई टोलीबीचको अन्तिम टेस्ट जमैकाको सबिना पार्कमा जुलाई १२ देखि डे-नाइट टेस्टको रूपमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...