मुख्य समाचार
अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता
अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता

— अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता छन् ।


सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ । जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत तथा उद्धार अभियान जारी राखिएको छ । अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प मिस्टिक गम्भीर रुपमा प्रभावित भएको छ । यहाँ १० जना किशोरी र एक काउन्सलर अहिलेसम्म बेपत्ता छन् । खोज अभियानलाई यहाँ केन्द्रित गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार अहिलेसम्म २८ जनाको शब बरामद गरिएको छ । जसमा १० जना बालबालिका रहेका छन् । तर उनीहरुको अहिलेसम्म पहिचान भएको छैन ।

टेक्सासका गभर्नर ग्रेग अबोटले कुनै पनि बेपत्ता मानिसको उद्धारका लागि सक्दो प्रयास गर्ने बताएका छन् । मौसम विभागले आगामी २४ देखि ४८ घण्टाभित्र यस क्षेत्रमा तुफान आउनेसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ । इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका ...
— इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् । शनिबार मध्यरातीबाट गरिएको आक्रमण आइतबार बिहानसम्म चलेको थियो । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हुथी समूहले इजरायल ...
। बेलायत सरकारले यसअघि श्वेत पत्रमा उल्लेख गरे बमोजिम अध्यागमन नियम परिवर्तन कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । मंगलबार संसदमा पेश गरिएको नयाँ नियमहरुले खासगरी बेलायतको कामसँग सम्बन्धित आप्रवासन व्यवस्थामा उल्लेखनीय कडाइ गरेको छ । संसदबाट पारित भए दुई सातापछि २२ जुलाईदेखि कार्यान्वयनमा आउने नयाँ नियमबाट विशेषतः वर्क भिसामाथि कडाइ हुने छ । व्यवस्था र नियन्त्रण पुनर्स्थापित गर्न ...
: हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्। उनले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्नु भनेको शत्रुसँग सम्झौता गर्नु र अपमान गर्नु रहेको बताएका हुन्। कासिमले भने,‘हामी यसको कब्जालाई वैध बनाउने प्रक्रियाको हिस्सा हुने छैनौँ। लेबनानका जनताले कहिल्यै इजरायलको अगाडि आत्मसमर्पण गर्नेछैनन् र यो अपमान सहन पनि सक्दैनन्।’ हिज्बुल्लाहको यो घोषणासँगै इजरायलसँग ...
: इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार शिया मुस्लिमहरूको लागि सबैभन्दा महत्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा मस्जिलमा उनी देखा परेका हुन्। त्यहाँ उनी पूजा गर्नेहरूलाई अभिवादन गरिरहेका थिए। खामेनीले इजरायलको अस्तित्व समाप्त पार्नेबारे खुलेआम कुरा गर्दै आएका थिए। उनले लामो समयदेखि इजरायललाई पश्चिम ...