मुख्य समाचार
बाढीले रसुवागढी नाका जोड्ने पक्की पुल र सवारी साधन बगायो
बाढीले रसुवागढी नाका जोड्ने पक्की पुल र सवारी साधन बगायो

: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल बगाएको छ। गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो। बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ।



जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ। null



क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ।


नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि रहेको हुन सक्ने बताए। उनले उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको र खराब मौसमको कारण समस्या भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन ...