मुख्य समाचार
नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश
नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश

। नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।




अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।

अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए ।



युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।

कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।

यिन तीन जना पाकिस्तानी नागरिकलाई लिन युनुससँगै पुगेका रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट समेत त्यहीँबाट पक्राउ परेका थिए ।

यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन ...