: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन्।
मानव अधिकार तथा शान्ति समाजले सोमबार शीतल निवासमा आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ सर्मपर्ण समारोहलाई सम्बोधन गर्दै उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरुरी रहेको बताएका हुन्।
राष्ट्रपति पौडेलले सबैले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आवश्यक भएको बताए।
उनले सामाजिक न्यायको लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्त्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।