। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघेको बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालाई दलभित्र अनुशासन नरहेको बताए ।
‘सभापतिजी यहाँ हुनुहुन्छ, पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघेको छ, त्यसैले अनुशासनहीनतालाई पनि चेक गर्नुपर्नेछ,’ थापाले भने ।
पार्टीभित्र अनुशासनहीनता भइराखे भविष्यमा सबैलाई समेटेर लैजान कठिन हुने उनले बताए । विधि, विधान, परम्परा रहेको हुँदा त्यसको परिपालन गर्न उनले नेताहरुलाई सुझाव दिए ।
‘हामी कानूनको शासनमा विश्वास गर्छौं, निर्दोष फस्नुहुँदैन, यदि कोही दोषी छ भने, कानूनका आधारमा कारबाही हुनुपर्छ र कांग्रेस भएको आधारमा उन्मुक्ति पाउनुहुँदैन,’ उनले भने ।
पार्टी केन्द्रीय समिति बैठकमै केही दिन अघि पूर्वमन्त्री मोहनबहादुर बस्नेत महामन्त्री थापा विरुद्ध खनिएका थिए ।