मुख्य समाचार
कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ
कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ

। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ ।

सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो ।




बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध छ ।’

साथै, संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ । उक्त कार्यदलले गर्ने कार्यबारे निर्णयमा भनिएको छ, ‘कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।’



सात बुँदे सहमति बमोजिम बन्ने संयुक्त कार्यदलमा समेत रहेर यही कार्यदलले कांग्रेसका तर्फबाट काम गर्नेछ ।

सरकारलाई ध्यानाकर्षण:

कांग्रेसले समसामयिक तथा तात्कालिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषि क्षेत्रका लागि आवश्यक पर्ने मलखाद बिक्री वितरणलाई प्रभावकारी बनाउन र आवश्यक रासायनिक मलखादको तत्काल व्यवस्था गरी किसानहरुलाई सहज बनाउन सरकारसँग आग्रह गरिएको छ ।

प्राकृतिक विषादी र प्राङ्गारिक मलको प्रयोग र उत्पादनलाई प्रोत्साहन गर्ने कार्य अगाडि बढाउँदै साथै कृषिमा प्रयोग गरिने रासायनिक विषादीको मात्रा र गुणस्तर नियमन तथा नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन कायम गर्न बाधक देखिँदै आएका विद्यमान कानूनी प्रबन्ध एवं प्रक्रियागत झन्झट तथा करको व्यवस्थालाई सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।

सुन चाँदीलाई विलासिताको वस्तुको रुपमा परिभाषित गर्नु उपयुक्त नदेखिने कांग्रेसको निर्णय छ ।

‘सुन बिक्री प्रक्रियामा कायम कोटा र वितरण प्रणाली पनि सान्दर्भिक नभएको सन्दर्भमा पनि सरकारको ध्यानाकर्षण यो बैठक गराउँदछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘सुन चाँदी व्यवसायीका समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक नीतिगत एवं संरचनागत सुधार गर्नुपर्ने विषयमा तत्काल आन्दोलन एवं अनसनरत व्यवसायीहरुसँग वार्ता गर्न सरकारसँग यो बैठक माग गर्दछ ।’

मौसम पूर्वानुमानका अनुसार विगतको तुलनामा यस वर्ष अझ भारी वर्षा हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै कांग्रेसले पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । आन्दोलन चिकित्सकहरूसँग विलम्ब नगरी संवाद गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन ...
कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष छानबिन समिति गठन, रास्वपाले कांग्रेसको नेतृत्व नस्वीकार्ने