मुख्य समाचार
खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा देखिएको खानेपानीको संकट समाधानका लागि आफू लागिपरेको बताए
खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा देखिएको खानेपानीको संकट समाधानका लागि आफू लागिपरेको बताए

: खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा देखिएको खानेपानीको संकट समाधानका लागि आफू लागिपरेको बताएका छन्। बुधबार वीरगन्जमा भएको छलफलमा उनले जनताले भोगिरहेको पानीको अभावले आफू चिन्तित रहेको बताएका हुन्।



मन्त्री यादवले वीरगन्जमा पानीको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न पहल गरिरहेको बताए।



मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेसमा परेको खडेरीले खानेपानीको समस्या देखिएको बताए। उनले भने,‘जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन। सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ।’




बुधबार बिहान मन्त्री यादवले खानेपानीको संकट भएका वीरगन्जका विभिन्न वडामा पुगेर स्थलगत निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। आज सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन्। मन्त्री दाहालले भोटेकोशी नदीले पुर्‍याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन ...
: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रश्न गरेका हुन्। रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले ...
: हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन्। साढे १ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा भारतको बिहार मोतिहारी घर भई ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन्। ललितपुर ...
: पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ। बैठकमा ...
: बाढीपछि आएको पहिरोले त्रिदेशिय मार्ग अवरुद्ध भएको छ । बाढीपछिको पहिरोका कारण रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड अवरुद्ध भएको हो। त्रिदेशिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली–रसुवागढी सडकमार्गको बिचमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा सेनासहितको टोली खटिएको छ । चीनहुँदै आएको लेन्देखोलाको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका-२ स्थित टिमुरे र ...